छाउगोठ बसेकी किशोरी बलात्कृत, एक व्यक्ति पक्राउ
कैलाली । अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका १६ वर्षीया किशोरी सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्ने एक व्यक्तिबाट किशोरी बलात्कृत भएको बताए । उनले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकिएको जानकारी दिए ।
प्रहरीले किशोरी बेहोस अवस्थामा रहेको थाहा पाएपछि छानबिन सुरु गरेको जनाएको छ । ‘हामीलाई किशोरी बेहोस भएको जानकारी आएको थियो पछि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो ।’













