धनगढीमा राष्ट्रिय बाल चलचित्र महोत्सव हुने
कैलाली । कैलालीको धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना हुने भएको छ । चलचित्र विकास बोर्डले आगामी असार ७ देखि ९ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवमा बालबालिका एवं वयस्कले निर्माण गरेका बालचलचित्रको प्रदर्शन तथा प्रतिस्पर्धा हुने महोत्सवका संयोजक एवम् बोर्ड सदस्य केएल बुढाथोकीले जानकारी दिए।
उनका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रदर्शन गरिने बालचलचित्र जेठ २५ गतेसम्म उपलब्ध गराउन बोर्डले चलचित्रकर्मीलाई आह्वान गरेको छ ।
महोत्सवमा बालचलचित्रको प्रदर्शन, अन्तरक्रिया, सिने संवाद, कार्यशाला, फोटो एवं बालपुस्तक प्रदर्शनी, झाँकी, सांस्कृतिक एवम् साङ्गीतिक प्रस्तुति रहने जनाइएको छ ।













