गर्मी बढ्न थालेपछि धनगढीका विद्यालय जेठ २४ सम्म बिदा
कैलाली । दिनप्रति दिन गर्मी बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले बिद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्मकालागि गर्मी बिदा दिएको हो ।
उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।













