काँग्रेसको अबरोधका कारण प्रदेश सभा बैठक आधा घण्टाकोलागि स्थगित
धनगढी, ३ बैशाख । नेपाली काँग्रेसको बिरोधका कारण सुदूर पश्चिम प्रदेश सभाको बैठक आधा घण्टालाई स्थगित भएको छ । विश्वासको मत लिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बोलाएको प्रदेश सभाको बैठक नेपाली काँग्रेसको बिरोधका कारण स्थगित भएको हो ।
१०ः ३० मा शुरु भएको प्रदेश सभाको बैठक काँग्रेसको अबरोधका कारण चल्न सकेन । र, सभामुखले ३० मिनेटका लागि प्रदेश सभाको बैठक स्थगित गरेको बताए ।
काँग्रेसका प्रदेश सभा सदस्यहरुले सभामुख भीम बहादुर भण्डारीका बिरोधमा नारावाजी गरेका थिए ।
सोडारीलाई मुख्यमन्त्री नियुक्त बनाउन प्रदेश प्रमुख नजिर मियाँ र सभामुख भण्डारीले असंबैधानिक कार्य गरेको नेपाली काँग्रेसको आरोप छ ।
नागरिक उन्मुक्तिको संसदीय दलको नेता घनश्याम चौधरी भएपनि सभामुख भण्डारी र प्रदेश सभा प्रमुखले कैलाश चौधरीका पक्षमा निर्णय गर्दै सोडारीलाई असंबैधानिक रुपमा मुख्यमन्त्री बनाएको काँग्रेसको आरोप छ ।
सोडारी मुख्यमन्त्री नियुक्त भएको भोलि ३० दिन पुग्दैछ । एक दिन अगावै सोडारीले विश्वासको मत लिन आज प्रदेश सभाको बैठक बोलाएका हुन् ।













