सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने
काठमाडौँ । सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुनु । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकार काम गर्ने बताए ।
सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताउँदै तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताए ।













