बेइजिङ प्लस ३० प्रदेश स्तरीय कार्यशाला

कैलाली । महिला सशक्तिकरण तथा अधिकारका सवालमा कार्यरत संस्था वियोण्ड बेइजिङ कमिटी नेपालको आयोजनामा बेइजिङ प्लस ३० प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएका छ ।

संस्थाका प्रदेश अध्यक्ष विन्दु पनेरुको सभाअध्यक्षतामा भएको सो गोष्ठीले महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैंगिक समानता सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयमा वेइजिङ कार्यनीतिको अवस्था बारे छलफल भएको थियो ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेशका इन्चार्ज खडकराज जोशीले समुदायमा महिलाहरु अहिलेपनि पीडामा छन् । तर पछिल्लो केही वर्ष यता हिंसा, अन्याय र अत्याचार सहनु हुन्न भन्ने धारणको विकास पनि भएको बताए । उनका अनुसार इन्सेकले प्रकाशन गर्ने वार्षिक पुस्तिकामा ११९० घटना मध्ये ११४९ वटा घटना महिला हिंसाको रहेको तथ्यांकले हिंसा सहनु हुन्न भन्ने गलितो उदारण पेश गरे ।

जोशीले हिंसा प्रभावित न्यायको लागि घरबाहिर आउनु नै सामाजिक क्षेत्रमा काम गर्नेहरुको मेहनत रहेको बताए ।

उनले गाउँघरमा अहिलेपनि थुप्रै महिला हिंसा सहेर बसेका छन् । धेरैले न्यायलयबाट न्याय पाएरपनि उनीहरुले पाउने अधिकार कार्यन्वयन नभएको घटनाहरुपनि छ यसको जिम्मेवारी सरकारले निलेपर्ने उनको तर्क थियो ।

त्यसैगरि संस्थाका केन्द्रीय उपाध्यक्ष डा. लक्ष्मी तमांगले नीति निर्माण तहमा महिलाको उपस्थिती बढाउन प्रभावकारी संयन्त्र बनाउन जरुरी रहेको बताईन् । उनले वियोण्ड वेइजिङ १९९५ मा वेइजिङ घोषणापत्रलाई प्रत्येक पाँच पाँच वर्षमा समिक्षा गर्दै प्रतिवेदन बुझाइने र यसले नीति निर्माणमा भुमिका खेल्ने बताइन् । वेइजिङ भएको चौथो विश्व महिला सम्मेलन १९९५ वेइजिङ घोषणापत्र पारित भएको थियो ।