मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप जारी

कैलाली । मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्वीप जारी गरेको ।

नाउपाका प्रमुख सचेतक खुशीराम डंगौराले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेका विज्ञप्ती सार्वजनिक गरेको हो ।

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने प्रायोजनले कार्यव्यवस्था तथा परार्मश समितिको बैठक बसाएका छन् ।

यद्यपी नाउपाको २ जना सांसद सोडारी नेतृत्वको सरकारमा छन् । उनीहरु मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने पक्षमा छन् । बाँकी ५ जना विश्वासको मत नदिने पक्षमा छन् ।