राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपालको प्रदेश अध्यक्षमा आशा चौधरी
कैलाली । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुल) को दोस्रो प्रदेश अधिबेशन सम्पन्न भएको छ । सौन्दर्यकर्मी युनियन जिफन्टको घटक यूनियन अन्र्तगतको राष्ट्रिय सौन्दर्यकर्मी यूनियनको अधिबेशनबाट सौन्दर्यकर्मी आशा चौधरी प्रदेश अध्यक्षमा सर्वसहमत चयन भएकी छिन् ।

अधिबेशनबाट उपाध्याक्षमा सपना रोकाया, सचिबमा मन्जु दहाल, आर्थिक सचिबमा विष्णु विष्ट रहेका छन् । यस्तै रिना बस्नेत, सन्जु चौधरी, विमला श्रेष्ठ, बालकुमारी चौधरी, निरुता भट्ट र पवित्रा सिंह सदस्यमा चयन भएका छन् ।
शोभा रावलको अध्यक्षतामा भएको अधिबेशनको जिफन्ट रा.का सदस्य तथा नाबुल केन्द्रीय संयोजक पम्फा देवकोटा पहारी प्रमुख अतिथ्यिता थियो । उनले सौन्दर्यकर्मीहरुलाई एकजुट भएर अगाडी बढ्न सुझाव दिदै पछिल्लो अवस्थामा सौन्दर्यकामीहरु आर्थिकरुमा अब्बल बन्दै गईरहेको बताईन् ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमीका केन्द्रीय महासचिब सुजना जोशी, सदस्य कमला गुरुंग, प्रदेश सल्लाहकार झुम अधिकारी लगायत जिफन्टसंग आवद्ध विभिन्न घटकका प्रतिनिधिहरुका को सहभागिता रहेको थियो ।














