बझाङ प्रदेशसभा–१ को मतगणना सुरु, दुई समूहमा गणना गरिदै
बझाङ । बझाङ प्रदेसभा निर्वाच क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बसेको सर्वदलिय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । अहिले मतपेटिका खोलेर पट्याउने कार्य भईरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले मतगणना छविसपाथिभेरा गाँउपालिकाबाट सुरु गर्ने निर्णय भएको जनाएको छ । बैठकमा सहभागिका अनुसार सुरूवातमा छविसपाथिभेरा गाउँपालिकाको मत गन्ने सहमति भएको छ ।













