नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ।

कतारका अमीर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा दुवै पक्षबीच समझदारी भएको हो। दुईदिने भ्रमणको दोस्रो दिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका तर्फबाट अमीर थानी नेतृत्वको प्रतिनिधिमण्डलले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यसअघि प्रधानमन्त्री दाहाल र कतारका अमीर थानीबीच भेटवार्ता भएको थियो। वार्ताका क्रममै दुवै देशबीच लगानी र सहकार्यका विषयमा समझदारी भएको हो।

दुई देशबीच महान्यायाधिवक्ता कार्यालय सम्बन्धी, कूटनीतिक तालीम र अध्ययनका विषयमा समझदारी भएको छ। त्यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुई वटा समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।