कठरिया भाषा बढाउने शिक्षकलाई तालिम
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. १ सुखडमा कठरिया भाषा पढाउने शिक्षकलाई २ दिने तालिम दिएको छ । हिमाली आदिवासी समाज काठमाडौं र कठरिया समाज नेपालको सहकार्यमा तालिम दिइएको हो ।
पढाई प्रवाह परियोजना अन्तरगत कठरिया भाषा सरासर पढ्ने र लेख्नको लागि कैलालीको १५ वटा कठरिया गाउँमा कार्यक्रम लागु भएको छ । सोहि अनुरुप पहिलो चरणमा सरोकारवालाहरुको बैठक, स्थलगत सर्बेक्षण, पाठ्यपुस्तक निर्माण लगायतको कार्य सम्पन्न भएको हिमाली आदिबासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले जानकारी दिए ।
उनले दुई दिने शिक्षक तालिम सञ्चालन गरेको बताए । तालिममा गाउँको भल्मन्सा, अगुवा र बुद्धिजीवीहरुको सहयोग रहेको थियो ।













