नाउपाबाट मुख्यमन्त्रीको लागि दुई जनाको दाबी पेश, प्रदेश प्रमुखले गर्न सकेन निर्णय
कैलाली । नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किदै गएपछि अनतत एउटै पार्टी भित्रबाट मुख्य मन्त्रीकोलागि दुई जनाले दाबी पेश गरेका छन् । नागरिक उन्मुक्ति पार्टीकै सांसद कैलाश चौधरीले र लक्ष्मण किशोर चौधरी सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कैलाश चौधरीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा समर्थनमा चौधरीले दाबी पेश गरेका हुन्। उनले माओवादीका ११, एमालेका १०, नाउपाका सात र राप्रपाका एक सांसदको समर्थन रहेको जनाएका छन्। उनी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद हुन्।
यसैगरि नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेश गरेका छन् । उनले नेपाली कांग्रेसका १८, नाउपाका सात र नेकपा (एकीकृत समाजवादी)का चार सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए। उनी नाउपा संरक्षक रेशम चौधरीका पक्षका सांसद हुन्।

५३ सदस्यीय प्रदेश सभामा सरकारका गठनका लागि २७ सांसद आवश्यक पर्छ। नाउपाका सांसद दुवैतिर जोडिएका छन्।
यसअघि कांग्रेस संसदीय दलका नेता कमलबहादुर शहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले मिलिजुली सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले दिएको समयावधि आज सकिँदै छ।
प्रदेश प्रमुख मियाँले दुबै जनाको दाबी पत्रलाई अध्यन गरि निर्णण गर्ने जानकारी दिए ।













