नीति तथा कार्यक्रममा ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी
विराटनगर। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जानकारी दिईन् ।
मन्त्री चौधरीले महिलालाई उद्यमशिलतामा जोड्न ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने योजना बनाएको बताईन् ।
विराटनगरमा आयोजित महिला उद्यमशिलता प्रदर्शनी कार्यक्रममा बोल्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि विशेष कार्यक्रम ल्याउने योजना बनाएको बताईन् । निजी क्षेत्रले केही नयाँ कार्यक्रम मार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने प्रतिवद्धता जनाईन् ।
‘महिला आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पीडित रहेको उल्लेख गर्दै उनले महिला अधिकार, सशक्तिकरणका ग्रामिण क्षेत्रलाई प्राथमिता दिने बताईन् ।
उनले हरेक वडामा ५ देखि १० जना छोरीलाई दुई तीनवर्ष सम्म ऋण तिर्न नपर्ने शर्तमा बीउ पूँजीको व्यवस्था गरेर प्याकजमै सीप विकास कार्यक्रमको लागि राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई समेतलाई अवधारणा बुझाइ सकेको बताइन् । आगामी आर्थिक वर्षमा एकैपटक देशभरका महिलाहरूलाई आर्थिक सशक्तिकरणको अभियानमा जोडिने बताए ।













