सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार बनाउन आह्वान

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले १० दिन भित्र सरकार बनाउन अह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

उनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका हुन् । धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ ।

सुदूरपश्चिममा ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य रहेका छन्। नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यकपर्छ।