लक्ष्मण किशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
कैलाली । नागरिक उन्मिुक्ति पाटीबाट विना विभागिय मन्त्रीको जिम्मेवारी पाएका लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीको पदभार ग्रहण गरेका छन् ।
मन्त्री चौधरीले बिहीबार पदभार ग्रहण गर्दै भने ‘जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी भएका छौँ । हाम्रो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएको हो ।’
उनले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताएका छन् ।
उनका अनुसार सङ्घीय सरकार होस या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर । त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।
बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।













