धनगढी संजीवनी अस्पताल पूर्णरुपले संचालनमा
कैलाली । कैलाली स्थित धनगढीमा रहेको संजीवनी अस्पताल संचालनमा आएको छ । सो अस्पताल धनगढी उपमहानगरपालिका ५ हसनपुर नेपाल राष्ट्र बैंक चोकमा सञ्चालनमा आएको हो ।
अस्पतालले धनगढी उपमहानगरपनलिकाबाट १५ बेडको अस्पताल संचालन स्वीकृत पाएपछि यहि चैत १ गतेदेखि पूर्णरुपले सञ्चालनमा आएको अस्पतालका वरिष्ट फिजिसियन डा. सुमन चौधरीले जानकारी दिए ।
डा. चौधरीका अनुसार संजीवनी अस्पलातमा अत्याधुनिक ल्याव, फार्मेसी, एक्सरे, भिडियो एक्सरे सेवा र २४औं घण्टा इमर्जेन्सी सेवा सुचारु छ ।
उनले अस्पतालमा सम्पूर्ण विशेषज्ञसेवा उपलब्ध रहेको बताउँदै यस अस्पतालमा फिजिसियन लगायत जनरल सर्जरी, स्त्री तथा प्रसुति सेवा, बालरोग, नाक कान घाँटीको समस्या, हाडजोर्नी तथा नसा रोग र दन्त्तरोगको उपचार र परामर्श सेवा उपलब्ध रहेको बताए ।
अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले चाडै नै भेन्टिलेटर सहितको आइसीयू, एनआईसीयू सेवापनि उपलब्ध गराउने तयारीमा रहेको डा. चौधरीले जानकारी दिए ।













