समयको सदुपयोग : माछा मार्ने जाल बुन्दै यूवाहरु

कैलाली । गाउँबाट कामको खोजीमा शहर पसेकाहरु थोरै समय निकाले पनि आफ्नो हात्ते सिपलाई कर्न दिएका छैनन् । पछिल्लो केही वर्ष यता हात्तले बुनेको माछा मार्ने जाल लोप हुँदै गईरहेको छ । तरयी यूवाहरु थोरै समय निकारेपनि जाल बुनिरहेका छन् ।

धनगढी उपमहानगरपालिका स्थित सब्जी मन्दीमा आउने तरकारीलाई गाडीबाट झार्ने र लोड गर्ने काम गरिरहेका यूवाहरु गाडीको पर्खाइमा पसल छेउमै बसेर जाल बुन्ने गर्दछन् । टीकापुर र जोशीपुरबाट आएका यी यूवाहरु थोरै फुर्सद हुँदा आफ्नो सिपलाई समय दिईरहेको उदहारण हो यो ।