रेशम चौधरीलाई निर्वाचन आयोगले अध्यक्षको मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ।

टीकापुरमा सम्पन्न नाउपाको महाधिवेशनले चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो। त्यहीअनुसार, दलको अभिलेख अद्यावधिक गर्न नाउपाले आयोगमा निवेदन दिएको थियो।

लामो कानूनी छलफलपछि आयोगले अद्ययावधिक नगर्ने निर्णय गरेको एक आयुक्तले बताए। “राजनीतिमा दुरगामी असर पर्ने भएकाले अद्यावधिक नगर्ने निर्णय भएको छ ।”
टीकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका चौधरीले राष्ट्रपतिबाट आम माफी पाएका थिए।