तिन तहको सरकार आउदा पनि अझै महिलाहरु सुरक्षित छैन : घिमिरे

कैलाली । दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्र घिमिरेले देशमा तीन तहको सरकार आउँदा पनि महिलाहरु सुरक्षित नभएको बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पुर्व सन्ध्यामा आयोजित लैङ्गिक हिंसा विरुद्ध समुदाय स्तरमा काम गर्ने समूह र संजालहरुका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले छोरीलाईपनि अंश र बशमा समान अधिकार हुनु पर्ने अभियानमा सबैलाई सक्रिय हुन अनुरोध गरिन् । देशमा सघियता अएपनि हिसांका घट्नाहरु झन झन बढ्दै गईरहेकोले यसलाई रोक्न गैरसरकारी सस्थाको प्रयाससंगै सरकारकोपनि उत्तिकै दयित्व रहेको बताईन् ।

कार्यक्रममा मेलमिलाप केन्द्रका सहजकर्ता शिबलाल रानाले महिलाको अधिकारका क्षेत्रमा काम गर्ने सघं सस्थाहरु गाउँ केन्द्रीत हुन जरुरी रहेको बताए । शहरको भन्दा गाउँका महिला अझै प्रभावित रहेको उनको तर्क थियो ।

मानव अधिकारकर्मी सपना भण्डारीले गाउँमा अशिक्षा र गरिबीले महिला हिसांका सिकार भएको बताईन् । ग्रामिण क्षेत्रमा काम गर्ने संघसंस्था, अधिकारकर्मी, भल्मन्सा, बुद्धिजीवी, धार्मिक गुरु लगायतलाई जनचेतना मुलक कार्यक्रममा जोड्नुपर्ने बताईन् ।

ओरेक नेपालका गिता चौधरीले हिंसामा परेका महिलाहरुलाइ सुरक्षित सेभ हाउसको ब्यबस्था, निशुल्क कानुनी सेवा, घटना भए पछि हुने परिस्थितिबाट बच्ने उपायबारे सचेत बनाउन जरुरी रहेको बताईन् ।