आर्थिक समस्याले पत्रकारितामा टिक्न गाह्रो
कैलाली । सुदूरपश्चिम प्रदेशका पत्रकार महिलाहरुलाई आर्थिक समस्या पेशामा टिक्न गाह्रो भईरहेको बताएका छन् । फागुन १५ र १६ गते दिपायलमा भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभामा यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सो संवाद कार्यक्रममा प्रदेशका ६० जना पत्रकार महिलाको सहभागिता थियो । उनीहरुको एउटै गुनासो थोरै पैसामा काम गर्नुपर्ने बाध्यता ।
सहभागिहरुके भनाई अनुसार कार्यरत सञ्चार संस्थाले पारिश्रमिक थोरै दिएर काममा लगाउने, नियूक्ति पत्र नदिने लगायतको समस्या रहेको बताए । उचित पारिश्रमिक नपाउनु, दिने भनिएको पारिश्रमिक पनि समयमा नपाउनु, सामाचार खोज तथा लेखनमा अवसर नपाउनु कार्यालयभित्र यौन दुर्व्यवहारको खेप्नु परेको समस्याहरु बहसमा आएको थियो ।
एक सहभागिले भनिन्, काम गरेको डेढ वर्षसम्ममा जम्मा १० हजार रुपैयाँ मात्र तलब पाएको छु । हामी दिनभरि काम गर्छौ तर मूल्याङ्कन छैन ।
अर्का सहभागिले आफूले लेखेको सामाचार अनलाईनमा पोस्ट भएको केही घण्टामा सम्पादकले हटाउन लगाएको घटना सुनाईन् । उनीहरुले न्यूनतम पारिश्रमिक नपाएकोबारे अनुगमन गर्न महासंघलाई दबाब समेत दिए ।













