पाँच लाख बढी बालबालिकालाई खोप लगाइँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा पाँच लाख भन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाईदै छ । प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पतालमा सो खोप अभियान सुरु भएको जानकारी दिए ।

खोप नौ महिनादेखि ५ वर्षमुनिका दुई लाख नौ हजार सात सय ५५ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका तीन लाख १४ हजार ८४ जना गरि पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई लगाइँदै छ ।

कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ वर्षमुनिका र अन्य सात जिल्लामा नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने योजना रहेको प्रदेश सरकारको योजना छ । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्था तथा खोप केन्द्रमा आज देखिदादुरा खोप लगाउन शुरु भईसकेको छ ।