कञ्चनपुरमा सातदिने उद्घोषण तालिम हुदै
बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिकामा सातदिने उद्घोषण तालिम शुरु भएको छ । आदीबासी जनजाती महासंघ बेलौर नगर परिषदको आयोजना फागुन ६ गतेदेखि १२ गते सम्म सो तालिम सञ्चालन भएको आयोजकले जानकरी दिए ।

आयोजक अनुसार बेलौरी नगरपालिकामा कार्यक्रम सञ्चालनकोलागि उद्घोषण गर्ने व्यक्तिको अभाव भएको हुँदा नगरपालिकाले सो तालिम सञ्चालन गरेको हो । तालिममा बैलैरी नगरपालिका ३० जना यूवाहरुको सहभागिता रहेको छ ।













