चीनमा अध्ययन गर्न पुर्ण छात्रबृत्ति

बृहत् अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, उच्च व्यापक गुणस्तर, उत्कृष्ट नेतृत्व र बहुसांस्कृतिक पृष्ठभूमिका साथ विश्वव्यापी शासन प्रतिभाहरूलाई प्रशिक्षित गर्न चिनिया छात्रबृत्ति परिषदले “यूथ अफ एक्सीलेन्स” योजना लागु गरेको नेपालस्थित चिनिया दुतावासले जनाएको छ ।

यस योजना अन्तर्गत सन् २०२४ को सेप्टेम्बर महिनाबाट अङ्रेजी भाषामा स्नातोकोत्तर कार्यक्रम अन्तर्गतका अध्ययन सुरु हुनेछ  । यस कार्यक्रममा नेपालबाट मात्र २०० जना बिध्यार्थीले पुर्ण छात्रबृत्ति अन्तर्गत अध्ययन गर्न पाउनेछन् । ४५ बर्षभन्दा कम उमेरका आवेदकले स्नातक तह उत्तृण हुनुका साथै मानसिक र शाररिक रुपमा स्वस्थ हुनुपर्दछ । यस स्नातोकोत्तर कार्यक्रमको अवधी एकदेखी दुई बर्षको हुनेछ जसमा सम्बन्धित बिषयमा आर्जित ब्यबसायिक अनुभवलाई बिशेष प्राथमिकता दिइने उल्लेख छ ! उत्कृष्ठ आवेदकको छनौटको लागि चिनिया छात्रबृत्ति परिषदको बिग्य समुहले अन्तर्वार्ता लिन सक्नेछ !

आवेदकले सम्पुर्ण कागजात तयार गरी http://www.campuschina.org मा आफ्नो निजि खाता रजिष्टर गरी अपृल १५ तारिखभन्दा अघि आवेदन दिन सक्नेछन् ! यस कार्यक्रममा चीनका ३५ वटा भन्दा बढी बिश्वबिध्यालय सहभागी रहेका छन् !

यससम्बन्धि पुर्ण जानकारी
http://np.china-embassy.gov.cn/eng/News/202401/t20240103_11216206.htm प्राप्त गर्न सकिन्छ !