यी दुई बाच्चा अफिसमै हुर्के
कैलाली । लुम्बिनी प्रदेशले मंसिरको अन्तिम सातामा लुम्बिनी प्रदेश सेवा गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी ऐनले महिला कर्मचारीलाई महिनावारी बिदा पाउने व्यवस्था पारित गर्यो । तर सो निर्णयप्रति देश भरि चर्को आलोचना भयो ।
‘मर्यादित महीनावारी’ अभियन्ता राधा पौडेलले आफ्नो अन्तवार्तामा ‘महीनावारी हुनु भनेको कमजोर हुनु हो, तिमी कमजोर मान्छे हो है भनेर सहानूभूति प्रकट गरियो। यो बिदालाई जसरी व्याख्या गरे पनि यो त सरकारबाट गरिएको महीनावारी विभेद नै हो।’ भनेकी छिन् ।
उनका अनुसार ढाड दुखाइ, पेट दुखाइ, दिक्क लागे जस्तो हुनु सामान्य कुरा हुन्। महीनावारीमा सबैलाई यस्तो हुन्छ । ती समस्या महीनावारी भएको एक–दुई घण्टामै हराउँछन्। बेस्सरी दुख्ने वा गम्भीर समस्या हुनेले मर्यादापूर्वक उपचार पाउनुपर्छ। उपचार खर्च महँगो हुने अवस्थामा यसमा राज्यले दायित्व लिनुपर्छ।
समस्या हुनेले म घरबाटै काम गर्छु भन्नुहोला, कार्यालयमै पनि म एकछिन आराम गरेर काम गर्छु भन्नुहोला। काम गर्ने वातावरण चाहिं मर्यादित महीनावारीमैत्री हुनुपर्छ। हाम्रो फाउन्डेशनको कार्यालयमा काम गर्ने दिदीबहिनीलाई काम गर्ने क्रममा महीनावारी भयो वा धेरै रगत बग्यो वा प्याड ल्याउन बिर्सिनुभयो भने प्याड दिने व्यवस्था छ। आराम गर्न मन लाग्यो भने आराम कक्ष छ। बाहिर डुलेर आउने भने पनि पाइन्छ। आज म ढिलो आउँछु, आज छिटै आएर चाँडै निस्किन्छु, आज घरबाटै काम गर्छु, सबै गर्न मिल्छ। यस्तो वातावरण सबै संस्थामा हुनुपर्छ। महीनावारी हुने क्षमता भएकाले तिमी महत्त्वपूर्ण हौ, तिमी मर्यादित भएर बाँच्ने वातावरण बनाउनु हामी सबैको दायित्व हो भन्ने बोध सबै कार्यालय र सरकारले गर्नुपर्छ। हिमालखबरको अन्तरवार्ता ।
यस्तै सवालमा केन्द्रीत रहेर वर्षौदेखि सामाजिक अभियन्ताकोरुपमा चिनिएकी सावित्रा घिमिरेपनि राधा पौडेलको विचारलाई समर्थन गर्छिन् । उनी भन्छिन् सरकारले हरेक वर्ष ‘विश्व स्तनपान सप्ताह’ मनाउँछ । तर स्थानीय पालिकाको कार्यालयदेखि स्वास्थ्य मन्त्रालय सम्मको कार्यालयमा स्तनपान कक्ष सञ्चालन गर्न सकेको छैन । सञ्चालनमा आएकाहरुपनि व्यवस्थित छैनन् ।
उनले भनिन् ‘सरकारलाई दबाब दिन पहिला आफ्नो अफिसबाटै कामको शुरुवाट गर्नुपर्छ । हाम्रो अफिस्मा दुई जना कर्मचारी सुत्केरी भए । अफिस्ले ३ महिना सुत्केरी विदा दियो । त्यसपछि अफिसमै स्तनपान कक्षा स्थापना गर्यो । र दुबै बच्चा आशंक श्रीपाईली र सोमित चन्द्र झा अफिसमै हुर्के ।’

सोमित चन्द्र झा
घिमिरे दलित महिला अधिकार मञ्च नेपालका संस्थापक अध्यक्ष हुन् । उनको अफिसमा हुर्केका श्रीपाईली अहिले २१ महिना र झा १७ महिनाको भए । आशंकको आमा आकांक्षा श्रीपाईलीले आफू सुत्केरी हुदाँ अफिसको काम कसरी गर्ने भन्ने चिन्ता हुन्थ्यो । उनी दलित महिला अधिकार मञ्च नेपालका प्रशासनिक तथा लेखा अधिकृत हुन् ।
उनले सुत्केरी बिदापछि पहिलो दिन बच्चा छोडेर अफिस आएको दिन सम्झिन् र भनिन् ‘कामप्रति जति केन्द्रीत हुन खोजेपनि ध्यान बच्चा तिरै हुन्थ्यो । दिउँसो आमाको फोन आयो, बच्चा रुदैछ भनेर । त्यो दिन म आत्तिएर घर पुगेको थिए ।’ त्यसपछि अफिसले अर्को दिनदेखि बच्चा अफिसमै ल्याउने निर्देशन दियो ।
अफिसले बच्चालाई सुताउने झुला, बच्चाकोलागि वेड विस्तारा खेलौनाहरु लगायत सामानको व्यवस्था सहितको स्तनपान कक्ष स्थापना भएपछि श्रीपाईलीलाई बच्चा बोकेर अफिस आउन कुनै गाह्रो भएन ।
उनका अनुसार स्तनपान कक्ष हुदा अफिस र बच्चा दुबैलाई समय दिन सके । घरमा बच्चा छोड्दा धेरै तनाव हुन्थ्यो, त्यो तनावबाट मुक्त भए । अफिसले दिएको जिम्मेवारी पूर्णरुपले निर्वाह गर्न सके ।
यस्तै सोही अफिसका कार्यक्रम संयोजक सृजना पराजुली १५ महिना अगाडी सुत्केरी भईन् । उनी सुत्केरी हुदा अफिसले तीन महिना सुत्केरी बिदा त दिएको थियो तर बच्चा छोडेर पुन जागिरमा फर्किन सक्छु कि सक्दैन भन्नेमा चिन्ता थियो ।
उनी भन्छिन् ‘म बच्चा छोडेर काम गर्न सक्दैन भन्ने प्रस्ताव समेत राखे, तर संस्थाका अध्यक्ष घिमिरेले काम छोड्नु भन्दा स्तनपान बनाउँ र अफिसमै बच्चा ल्याएर काम गर्न सुझब दिए । त्यसपछि ढुक्क भए ।’
उनी सुत्केरी बिदापछि अफिस फर्किदा बच्चा बोकेर अफिस आईन् । जुन कारण आमाको भुमिका र अफिसको जिम्मेवारी दुबै सहज तरिकाले समाल्न सकेको बताईन् । उनी ढुक्कका साथ बच्चाको आँखा अगाडी नै बसेर काम गर्न अवसर पाईन् बच्चालाई अतिबेला आमाको आवश्यकता भयो, त्यतिबेला समय दिन सकिन् ।
कुनैपनि काम गर्दा सन्तुष्टि नै सबै भन्दा ठूलो हो र पराजुली अफ्सिमा स्तनपान कक्ष पाएर निकै खुशी छिन् । उनी भन्छिन् ‘बच्चा केयर टेकपनि अफिसले दियो, रोजगारीपनि गुमेन । म त बच्चाकोलागि जागिर छोड्न तयार थिए तर अफिसले काम गर्ने वातावरण नै एकदमै सजिलो बनाई दियो ।’

आशंक श्रीपाईली
अहिले म संस्थाप्रति अझै जिम्मेवार भएर काम गर्दैछु । मेरोलागि बच्चा बाधा होईन, अवसर बन्यो ।
संस्थाका अध्यक्ष घिमिर भन्छिन् ‘बच्चाको कारण आफ्नो भविष्य विगार्नु हुदैन, बरु काम गर्ने संस्थालाई सहज नीति बनाउन डबाब दिने हो । हाम्रो संस्थाले पहिलैदेखि हरेक महिलाले सम्बेदनशील भएर काम गर्न पाउनु पर्छ भन्ने नीति छ । हामी त्यो नीतिलाई फ्लोअप गरेको मात्रै हो । जसले गर्दा दुई जना सुत्केरी महिलाले बच्चासंगै सहज तरिकाले आफ्नो जिम्मेवारी निर्वाह गरे ।’
प्छिल्लो अवस्थामा धेरै महिलाहरु पेशाबाट पलायन हुनुको एउटा कारण शिशुक स्याहर केन्द्र नहुँदा पनि हो । त्यो भयो भने कर्मचारीहरु संस्थाले दिएको जिम्मेवारी पनि पुरा गर्छन् र बच्चाले आमाको मायापनि पाउँछ । उनी आफ्नो कर्मचारी सुत्केरी भएपछि बच्चालाई गर्मी होला भनेर एसी समेत जडान गरेको बताउँछिन् । सुत्केरी आमा र बच्चाले पाउँनुपर्ने सम्पूर्ण सेवा सुविधा अफिसमै दिन सक्यो भने कामकाजी महिलालाइ अन्य बिदा लम्याउन आवश्यक पर्दैन ।













