गुमनाम सम्बन्ध भित्र प्रेमको संसार

धेरै पहिलेदेखि उनी र म फेसबुकमा साथी थियो । साथी भएदेखि खासै कुरा त हुदैन थियो तर एक अर्काले फेसबुकमा हालेको फोटो स्टाटसहरुमा कुनै बाँकी थिएन होला लाइक गर्न । मैले हालेको हरेक स्टाटसमा लभ रियाक्ट गरेको हुन्थ्यो । मलाई उनले लेखेका र उनको फोटो खै किन हो असाध्यै मन पथ्यौँ । झप्प परेको बाख्लो कालो कपाल अनि डारी पनि झपकै परेको उसैमाथि उनको ड्रेसप नि अरुभन्दा भिन्दै । फोटोहरु जुम गरि गरि हेर्थे । बोलौ बोलौ लाग्थ्यो फेरि आफ्नो मनलाई बाँधेर राख्थे । हेल्लो भनि पठाउदा हाई के छ खबर बाहेक अरु कुरै अगाडी बढ्दैन थियो । उनको सबै कुरा मनपर्ने भएर होला सायद । भौतिक दुरि टाढा भए पनि एकदमै नजिकको महसुस हुन्थ्यो मलाई । यसरी नै करिब तिन वर्ष भैसकेको थियो । एक दिन कामको शिलशिलमा दाङ्ग गएको थिए । त्यहाँबाट फर्किदा अचानक कोहलपुरमा भेट भयो । मन झ्यास भयो एक्कासी आफ्नो अगाडी देख्दा खुशीको त सिमै थिएन त्यसमा अली अली डर मिसीएको हाँसो फिस्स हासे । पहिलो पटक भेटेर होला न उनले बोल्न सकिराको थिए न मैले । निकै बेर पछि म आफै बोल्न सुरुवाट गरे मैले सोधेको कुराको जवाफ बाहेक अरु शब्दै आएन उनको मुखबाट । अब त केहि सोध्लान भन्ने आसै आसमा छुटिने बेला भयो । उनि दाङ्ग तिर लागे म धनगढी ।

गाडीमा चढेयो की निदाउने मान्छे त्यस दिन फिटिकै निन्द्रा लागेन धनगढी पुग्दासम्म धेरै पटक मोबाईल हेरेर बसे, उनको म्यासेज आयो की भनेर । तर न कल न म्यासेज आयो । घर पुगेर केहि काम गर्न थालेको थिए, मोबाईलको घण्टी बज्यो हत्तपत्त मोबाईल समाए र फोन उठाए । उनले सोध्यो, कति बेला पुगेको ? राम्रैसंग पुग्यो नी ? मैले अँ को जवाफ फर्काए ।
अनि तिमी पनि राम्रैसँग पुग्यो ? अचानक भेट हुदा धेरै खुशी लाग्यो । आदी कुराकानी फोनमा गर्न भ्याएँ । त्यस दिनदेखि कुराकानी अलिक बाख्लो हुन थाल्यो । साझ बिहान फोन कल, म्यासेजमा गफ गर्दा गर्दै हामी दुई बिचको आत्मिीयता गर्भिलो हुन थाल्यो । उनको बारेमा धेरै कुरा बुज्दै गए उनको स्वभाव अलि कडा खालको छ । मायाले बोलेपनि अलि रुखो पना झल्किने बोलिमा बिस्तारै सबै सहज लाग्न थाल्यो । आफुले माया गर्ने मान्छेको हरेक कुरा राम्रो लाग्छ भन्ने जुन भनाई छ त्यसरी नै उनको हरेक कृयाकलापहरु मन पर्छ मलाइ । बिस्तारै कुराहरु झन झन बाक्लिदै गयो र भेट घाट नि हुन थाल्यो । उनि राजनीतिक फिल्डको हुन प्राय जसो राजनीतिक सामाजिक गफगाफ हुने गर्छ । यसरी नै नजिकीदै गएको हाम्रो सम्बन्ध अहिले उत्सर्गमा पग्यो । उनको बसाई धेरै जसो काठमाण्डौँ हुने भएकोले प्रत्यक्ष भेटघाट कमै हुन्छ र पनि हामी एकदमै नजिकै भएको आभास दिलाउने खालको माया झागियो । हामी आ आफ्नै कामकाजमा ब्यस्त हुन्छौ कहिले त हप्तौ सम्म कुरा न हुदा नि एक अर्का प्रति गुनासो कलिल्यै आउदैन । मन मस्तिष्सकस बाटै उनि प्रतिको एक खालको सम्मान जागेर आउछ ।
उनिसँगको सहकार्य सहयात्राको दुई दशकपार गर्दा सम्म धेरै मिठा मिठा पलहरु छन जुन पल सम्झिदा संसारै जितेको जस्तो लाग्छ प्रिय सुगम तिम्रो प्रेमको गन्ध मेरो शरिरको नसा नसामा बगिरहेका छन । मैले फेर्ने सासबाट सुगन्धीत धब बनी निस्किरहेका छन जुन संसारमा भएका बहुमुल्य अत्र र धुब भन्दा हजारौ गुणा माथी छ ।

प्रिय सुगम यो लामो सहयात्रामा मलाई कुनै कुराको कमि हुन दिएका छैनौ । मेरो हरेक कमि कमजोरीलाई सहजरुपमा लिई प्यारसँग सामाधान गर्दै हौसलामा परिणत गरि अगाडी बढ्ने प्रेणा दिने तिम्रो अलभुत शैली प्रति आभारी छु । तिम्रो प्रेम रङ्गले यसरि पोतिएकी छु की साराजगत प्रेममय देख्छु । पे्रम दयालु हुन्छ प्रेम सहनसिल हुन्छ पे्रम धैर्यवान हुन्छ प्रेमले दाहा गर्दैन ई सब तिमीबाट सिके र अहिले समाजमा छुट्टै किसिमको पहिचान बनेको छ । यो सबै सबै तिमीबाट पाएको अमुल्य उपहार हो । तिमी सँगको सहयात्रा मैले अपेक्षा गरेको भन्दा नि हजारौ गुणा बढी माया, आदर सम्मान दिएका छौँ । यो हाम्रो गुमनाम सम्बन्ध भित्र प्रेमको संसारमा प्रेमरुपी आफ्नो नाम दिएका छौँ । जब जब तिमी सँगै उभ्एिँ अनि सधै प्रेम दिवस नै रहेको अभाष हुन्छ । रोज डे कुर्नु पर्छ भन्ने त होईन । संसारको सबै भन्दा सुन्दर गुलाब मेरो लागी तिमी हौँ चकलेट डे टेडी डे हक डे किस डे सेल्याप डे किक डे ई सबै सबै तिम्रो अगाडी फिका छन । मेरो लागि तिमी नै सब थोक हौँ सुगम । तिमीले सबथोक दिएका छौँ आफ्नो नाम दियो जिन्दगी जिउने नयाँ आयाम दिएको छौ । जिन्दगी एक्लो महसुस नहोस भनि ति स्वरनिम याद दिएका छौँ, तर प्रत्यक वर्ष प्रणय दिवसमा प्रेमको रङ्गमा समरपित गुलाबको आशा राख्न छोडेको छैन । यो मन प्रणय दिवसको दिन मिरमिरे बिहानीदेखि गोधँुली साझसम्म तिम्रो गुलाबको प्रतिक्षा हुन्छ । दुई दसक लामो सहयात्रामा म हतुत्साहित हुदा साहास दियो । म निराश हुदा आसाको किरन दियो । मेरो दुखको झरिमा छाता बनि ओट लगायो । जिवन जिउने कला दियो । सबै सबै थोक दियो प्रिय सुगम तर प्रणय दिवसमा गुलाब दिएनौँ । ह्यापी भेलेन्टाईन डे ।