मोटरसाईल दुर्घनाबाट एक यूवाको मृत्यू
कैलाली । कैलाली धनगढी उपमहानगरपालिका १८ ई गाउँ स्थित मोटर साईकल दुर्घना हुँदा एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा कैलारी गाउँपालिका ३ दक्षिण भर्रीका २३ वर्षीय अनुज चौधरीको मृत्यू भएको हो ।
चौधरी धनगढी आउदै गर्दा “ई” गाँउ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकेर राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाईकल ठोक्किन गई बिहीबार साँझतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते भएको चौधरी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको टाउँकोमा चोट लागेको थियो ।













