गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल
काठमाडौँ । प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था गर्नका लागि छलफल थालेको हो ।
प्रहरी समन्वय समिति ९पीसीसी०को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार गर्नेबारे छलफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाक सिलाएर देशभर पठाउने प्रहरी प्रधान कार्यालयको तयारी छ । रातोपाटीबाट ।













