सुदूरपश्चिमका हिमाली भू–भागमा हिमपात
कैलाली । सुदूरपश्चिमका पहाड तथा हिमाली भू–भागमा हिमपात सुरु भएको छ। तराई क्षेत्रमा पानी परेसंगै हिमाली भुभागमा हिमपात भएको हो ।
खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको जनाइएको छ । खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार अहिले पनि खप्तड क्षेत्रमा हिमपात जारी छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ लगाएतका हिमाली भू–भागमा हिमपात सुरु भएको उनले बताए ।













