सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धन तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् ।
महिला तर्फ माओवादीकी रेनु चन्द, अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । विजयी हुनेमा चन्द ४ हजार ४५३ मत, बोहरा ४ हजार ३४७ मत र भट्ट ४ हजार ४१९ मत पाए ।
सांसदकै मत बदर
सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको एक मत बदर भएको छ । राष्ट्रिय सभा सदस्यको लागि भएको मतदानमा सुदूरपश्चिम प्रदेश सभा सदस्यले दायर गरेको अन्य कलस्टरको एक मत बदर भएको थियो ।
धनगढीका मेयर र भजनीका उपमेयरले मतदान गरेनन्
राष्ट्रियसभा सदस्य निर्वाचनमा धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान गरेनन् । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।
तुरुवा बिरामी भएर उपस्थित हुन नसकेको बताईन । हमालले भने कुनै प्रतिक्रिया दिएन्न ।













