एसईई परिक्षा चैत १५ गतेदेखि (समय तालिका सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ। यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ गतेदेखि २७ गते सम्म हुने भएको हो ।

परीक्षा नियन्त्रण कार्यालयको अनुसार यस वर्षको एसईईमा चार लाख ८९ हजार परीक्षार्थी सहभागी हुने जनाएको छ। यस वर्ष नियमित र ग्रेडवृद्धि पद्धतिमा परीक्षा हुने भएको छ।

यस वर्षदेखि नै ग्रेडिङ प्रणाली लागू गरिंदै छ। यसमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू भइसकेको छ।