किसानलाई सिचाई बोरिङ वितरण

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ र ४ का किसानलाई सिचाई बोरिङ वितरण गरिएको छ ।

सहास नेपाल र कैलारी गाउँपालिकाको संयूक्त साझेदारीमा १८ जना किसानहरुलाई सिचाई बोरिङ वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रमका विच सिचाई सुविधा नभएका किसानहरुलाई बोरिङ वितरण गरिएको हो ।

बोरिङ वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष वडा नम्बर ४ मा सुकुम्बासी, दलित, मुक्तकमैया बसोबास रहेको वडा हो । यहाँका किसानहरुका जग्गा पनि अलिअलि रहेको छ । सिचाई सुविधान नभएकोले बोरिङ वितरण गरिएको बताउनु भयो ।

गाउँपालिकाले बगरखेतीको अवधारण ल्याएर सपोट गरिरहेको तर किसान त्यतातिर ध्यान नदिएको बताउनु भयो । यहाँ उत्पादन भएको तरकारी बाहै्र महिना नपुग्ने भएकोले आब व्यावसायिक रुपमा जान जरुरी रहेको बताउनु भयो । सहास नेपालले कैलारीको विकासमा साझेदारी गरिदिएकोमा उहाँ धन्यवाद दिनु भएको छ ।

सहास नेपालका कार्यकारी निर्देशक डा। सुरेन्द्र कुमार श्रेष्ठ आफुहरुले स्रोत साझेदारीमा किसानलाई बोरिङ वितरण गरेको बताए । उहाँ आगामी दिनमा कैलारीका सबै वडामा कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए । सिचाईका लागि १८ वटा बोरिङका लागि सहास नेपालले ८ लाख २६ हजार ५९ रुपैया र कैलारी गाउँपालिकाले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

कैलारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ठागुराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गत बर्ष पनि किसानलाई सिचाई बोरिङ वितरण गरेको र यस वर्ष पनि निरन्तरता दिएको बताए । वडा नम्बर ४ मा सिचाईका लागि कुलो नलाग्ने भएकोले बोरिङको वितरण गरेको बताए । वडा नम्बर ४ का लागि १२ वटा र वडा नम्बर ३ का लागि ६ वटा बोरिङ वितरण गरिएको हो ।

कार्यक्रम संचालन सहास नेपालका कार्यक्रम संयोजक नरेश चौधरीले गरेका थिए । उक्त कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, वडा नम्बर ४ वडा सदस्य, कार्यपालिका सदस्यलगायत सहास नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।