सुदूरपश्चिम प्रदेश सरकारले माघ विदा नदिने
कैलाली । थारु समुदायले नयाँ वर्षकोरुपमा मनाउँदै आएको माघ पर्वमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा नदिने बताएको छ । मंगलबार थारु अगुवाहरुले माघ पर्वकोलागि मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रलाई सम्बोधन गर्दै मन्त्री शाहले माघ पर्वकोलागि स्थानीय सरकारबाट विदा दिने निर्णय भईरहेको हुँदा प्रदेश सरकारले विदा नदिने बताए ।
थारु समुदायमा पुसको अन्तिम दिनदेखि माघ ३ गते सम्म माघ पर्व मनाउँदै आईरहेका छन् । तर सुदूरपश्चिम प्रदेश सरकारले माघ पर्वमा स्थानीय तहमा अ आफ्नो तरिकाले विदा दिने निर्णयले बिदामा एकरुपता समेत छैन ।
ज्ञापन पत्रमा माघ थारुहरुको नयाँ बर्ष, धार्मिक हिसाबले लहान (पुण्य दिन), नेतृत्व छान्ने र हटाउने, मेलमिलाप गर्ने, बन्धनबाट मुक्त हुने, आफू भन्दा ठूलाबाट आशिर्वाद लिने आदि धेरै कारणले महत्व राख्ने हुनाले यो थारुहरुको लागि सब भन्दा ठूलो त्यौहार हो उल्लेख छ ।
देशको ठूलो जनसंख्याले मनाइरहेको यो एकताको पर्वमा प्रदेश सरकारले बिदा दिनुपर्ने थारु अगुवा दिलबहादुर चौधरी बताउँछन् । उनका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले अन्य समुदायले मनाउँदै आएको चाडपर्वमा बिदा हुने तर थारु समुदायले मनाउने पर्वमा बिदा नहुने रु योपनि एकखाले विभेद नै हो । प्रदेश सरकारले माघ पर्वकोलागि क्यालेन्टरमै विदा उल्लेख गरिदिएको भए स्थानीय सरकालाई विदामा एकरुपता ल्याउन सजिलो हुन्थ्यो ।













