माघ पर्वमा तीन दिन बिदा दिने कैलारीको निर्णय

कैलाली । थारु बाहुल स्थानीयपालिका कैलारी गाउँपालिकामा माघ पर्वमा तीन दिन स्थानीय बिदा दिने निर्णय गरिएको छ ।

कैलारी गाउँपालिकाको पुस २० गते बसेको कार्यपालिका बैठकले माघमा तीन दिन बिदा दिने निर्णय गरेको हो । थारु समुदायको माघ पुस महिनाको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ऐरद्धारा हस्ताक्षर २४ गतेको पत्रमा पुस २९ देखि माघ २ गते सम्म पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था वा वित्तिय संस्थालाई तीन दिन बिदा रहेको सूचना जानकारी गराएको छ ।