बालकुमारी झडपमा दुई युवकको मृत्यु

काठमाडौं । ईपीएस परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा शुक्रबार बिहान भएको झडपमा दुई जनाको मृत्यू भएको छ ।

झडपमा परि घाइते भएका डोटीका वीरेन्द्र शाह र जुम्लाका सुजन रावतको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेरसिंह कडायतले बताए।
झडपमा परि घाईते भएक शाहकाको पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको हो भने रावतको घाइते भएपछि किस्ट अस्पतालमा उपचारकै क्रममा ज्यान गएको थियो।

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै केही युवाले शुक्रबार बिहान बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेका थिए। उनीहरूले चक्रपथमा अवरोध गरेका थिए। त्यही क्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।