मजगाउँ थारु होमस्टेका अध्यक्षमा कल्पना चौधरी
कैलाली । मजगाउँ थारु सामुदायिक होमस्टे सञ्चालनकोलागि कल्पना चौधरीको नेतृत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ ।
गोदावरी नगरपालिका वडा ८ मजगाउमा बिहीबार गाउँका भल्मन्सा खड्ग बहादुर चौधरीको सभापतित्वमा पहिलो भेला सम्पन्न भएको थियो । भेलाले कल्पना चौधरीको नेतृत्व ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षमा पेजराम चौधरी, सचिवमा वीर बहादुर चौधरी, सहसचिवमा मिना चौधरी, कोषाध्यक्षमा जानकी चौधरी रहेका छन् । त्यसैगरि समितिका सदस्यहरुमा क्रमशः श्यामलाल चौधरी, पनिराम चौधरी, प्रीती चौधरी, फुलचरण चौधरी, सबिता चौधरी र फकलु चौधरी रहेका छन् ।
नव गठित होमस्टे व्यवस्थापनकी अध्यक्ष कल्पना चौधरीले थारु कला संस्कृति भेषभुषा, खानपान रहनसहन संरक्षण सम्बद्र्धन तथा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सामुदायिक होमस्टे स्थापना गरेका छौ । यसले मजगाउँ लगायत समग्र गोदावरी नगरपालिकालाई चिनाउने छ ।
थारु कला सस्कृति भासा भेषभुषा खानपान संरक्षण सम्बद्र्धन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामुदायिक होमस्टे स्थापना गरेको चौधरीले जानकारी दिए ।
भेलामा वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी, थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरी, थारु कल्याणकारिणी सभा गोदावरी नगर सभापति जनकलाल चौधरी लगायत बुद्धिजीवी, अगुवाहरु र गाउँका भद्रभलादमिहरुको सहभागिता रहेको थियो ।













