खेल क्षेत्रमा सरकार लगानी गर्न तयार छ : मन्त्री साउँद
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार खेल र खेलाडीप्रति लगानी गर्न तयार रहेको सामाजिक विकास मन्त्री झपड साउँदले बताए । छैठौं फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री साउँदले यस्तो बताएका बताएका हुन् ।
उनले खेल र खेलाडीको सर्वाङगिण विकासकालागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताए । खेल क्षेत्र व्यक्तिको स्वास्थ्य र राष्ट्रका दुबैकोलागि महत्वपूर्ण छ । यसले खेलाडीलाई मात्र नभएर राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी लगनशील हुन जरुरी रहेको बताए । खेलाडीहरुमा अभ्यास र अनुशासन निरन्तर हुनुपर्छ भन्दै उनले खेल क्षेत्रमा सरकारले लगानी तयार रहेको बताए ।
प्रतियोगितामा एक भारतीय क्लब सहित १६ टिमको सहभागीता छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् ।













