सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेदेखि हुने

कैलाली, ९ मंसिर । कैलालीको धनगढीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ गतेदेखि पुस २ गतेसम्म महोत्सवको आयोजना गर्ने भएको हो ।

महोत्सवको तयारीकालागि कैलाली उद्योग वाणिज्य संघले ३० वटा उपसमिति गठन गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने महोत्सवकोलागि स्थललाई घेरबार गर्ने काम शुरु भईसकेको आयोजकले जनाएको छ । महोत्सवका संयोजक समेत रहेका कैलाली उद्योग वाणिज्य संघ अध्यक्ष पुष्पराज कुँवरले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारीबारे जानकारी दिएका हुन ।

उनका अनुसार यो वर्ष चार सय स्टल रहने जनाए । महोत्सवबाट १० करोडको कारोबार हुने अनुमान गरिएको कुँवर बताउँछन् । यो वर्ष महोत्सवको १७ औँ संस्करण हो ।