मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलत्कार गरेको आरोपमा जैसी पक्राउ
कैलाली, ३० कात्तिक । कैलालीको लम्की चुहा नगरपालिका ३ का एक महिला बलात्कृत भएकी छिन् । उनको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयले बलत्कार गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरेको छ ।
महिला घरमा एक्लै भएको मौका छोपी बुधवार साँझ करीव ६ बजे जैसीले बलत्कार गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नभएकी छोरीलाई घर अगाडी काठको खटियामा बाँधेर उनकी आमा काम गर्न बाहिर गएकी थिईन । उनकी आमा घर पुगेपछि जैसी पाईन्ट लगाएर भागेको पीडितको बयान छ । प्रहरीका अनुसार ती युवतीले जैसीले आफूलाई बलत्कार गरेको आमालाई बताएकी थिईन ।
घट्नाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसलाई पक्राउ गरेको हो ।













