आजबाट तिहार शुरु, धनगढीमा माटोले बनेको सामाग्री स्थान पाउँदै (फोटो फिचर)

कैलाली, २८ कात्तिक । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहार आजदेखि शुरू भएको छ। कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान शुरू गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरू हुन्छ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ। यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ। तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ।


तिहार शुरु भएसंगै धनगढीमा माटोले बनेको सामाग्री स्थिान पाईरहेको छ । माटोले बनेको दियो लगायत विभिन्न सामाग्रीहरु बाटोको छेउछाउमा मेला लगाइएको छ ।