मध्यरातमा ६.४ रेक्टरको भूकम्प, केन्द्रबिन्दु जाजरकोट

कैलाली, १८ कात्तिक । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको बताए ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ । भूकम्पको धक्का देशैभर नै महसुश भएको अधिकारीले जानकारी दिए ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण आउँन बाँकी नै छ ।