माओवादीको रूपान्तरण अभियान एक महिना लम्बियो
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले चलाईरहेको ३ महिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’को म्याद लम्बयएको छ । आईतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो ।
अभियान झण्डै डेड महिना चलेपछि त्यसको बीचमा दसैं तथा तिहार लगायतका चाड–पर्वहरुको कारण तोकिएको निर्धारित समय अपुग हुने भएकाले समयाबधी बढाईको स्रोतले जानकारी दिएको छ ।
गत साउन महिनाको तेस्रो साता राजधानीमा बसेको पार्टी केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार भदौ १६ देखि माओवादी केन्द्रले ७ सय ५३ वटै पालिकामा वडा केन्द्रित माओवादी विशेष रूपान्तरण तीन महिने अभियान चलाएको थियो । म्याद थपिएपछि पुस १६ सम्म अभियान सञ्चालन हुने बताइएको छ ।













