बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
कैलाली, १२ कात्तिक । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेको खुलासा भएको छ । ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले २४ वर्षीय गणेश चौधरीलाई पक्राउ गरेको हो ।
आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरासिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













