एनआरएनएको अध्यक्षमा डा. बद्रि केसी निर्बाचित, चुनावमा धाँधली भएको भन्दै प्रतिस्पर्धीद्धारा नतिजा अस्विकार

काठमाडौँ, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहको चुनावमा धाँधली भएको आरोप लगाईएको छ । अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा बद्री केसी विजयी भएको घोषणाप्रति प्रतिस्पर्धीले सो नतिजा अस्विकार गरेका छन् ।

घोषणा गरिएको मत परिणामअनुसार बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको देखाएको छ । यो फेक भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

सिस्टममै धाँधली भएको प्रमाण महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएको छ । जबकी उनलाई सबैभन्दा बढी मत खसेको दाबी गरिएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खस्दा एक मत पनि नखस्नु भनेको धाँधली नै भएको हो भन्ने तर्क पौडेलको छ ।

त्यसैगरी अध्यक्षका प्रत्यासी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले संघको शून्यमा पुगेको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताउँछन् ।

त्यस्तै, अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै छानबिन गर्न र दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
पराजित मात्रै होइनन् उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले पनि चुनावमा धाँधली भएको आरोप लागाएका छन् ।