लागुऔषध र बाघको छालासहित तीनजना पक्राउ
कैलाली, २ कात्तिक । धनगढी उपमहानगरपालिका ४ सहिद गेटस्थित जुमेरा होटलबाट बाघको छाला १ थान र अवैध लागुऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी मेलौली नगरपालिका ३ बस्ने २४ वर्षीय करन चन्द, बाजुरा गौमुल गाउँपालिका १ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका १० बस्ने ३० वर्षीय हेमराज जैशी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्दा फेला पारेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।













