पेट्रोलियम पदार्थको मूल्य वृद्धि
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने ग्यासको मूल्य दुई हजार नाघेको छ।
नेपाल आयल निगमले शनिबार साँझ सूचना प्रकाशित गरी आइतबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ। निगमले पेट्रोल प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरेको छ।
त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर आठ रुपैयाँ वृद्धि गरेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१५ रुपयाँले वृद्धि भएको छ। अब ग्यासको मूल्य प्रति सिलिन्डर दुई हजार ११० रुपैयाँ पुगेको छ।













