आज विश्व पर्यटन दिवस
कैलाली, १० असोज । आज ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पर्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको हो ।
पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक श्रोत साधन उन्मुख पर्यटनलाई आधार मानेर हरित लगानीको बारेमा यसवर्ष ब्यापक छलफल हुने बताइएको छ ।
सहज पर्यटन संसारका सबै जनाको पहुँचमा हुनुपर्दछ । पृथ्वीको सौन्दर्य र विविधता अवलोकन गर्न सबैलाई सहज होस् । पर्यटन दिवसको दिन पर्यटनका महत्त्वसंगै सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका वारेमा पनि छलफल हुने छ । उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको टोली पर्यटन दिवश मनाउन बडीमालिका पुगेको छ ।













