प्रदेश सरकार हरेक जातजातीको भाषालाई संरक्षण गर्न प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

कैलाली, ६ असोज । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार हरेक जातजातीको भाषालाई संरक्षण तथा सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको बताए । थारु कल्याणकारिणीसभा कैलालीको नवौ जिल्ला अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

मन्त्री शाहले थारु समुदायको बडघर÷भल्मन्सा प्रथालाई वैज्ञानिक रुपमे अगाडी बढाउन चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम समेतेको बताए । उनले भने ‘म थारु समुदायमा हुर्के हुँ । मेरो बाल्यकाल जीवन थारु समुदायको विचमा नै व्यतित भयो । सबै समुदायको समस्यासंग चिरपरचित छु । तपाईहरुलाई राज्यले आफूलाई नहेरेको, अलग दृष्टिकोण, सम्बोधन नगरेको आभास भएको होला ।’ यस्तो भ्रम हामी सबै संगै बसेर छलफल गरेर चिर्न जरुरी हरेको उनले बताए