आन्दोलनरत शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने तयारी
काठमाडौं, ५ असोज । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहित मन्त्रीहरूको बैठकले आन्दोलनरत शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने तयारीमा छन् ।
बैठकले शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउने गरी काम गर्न वार्ता टोलीलाई निर्देशन दिएको हो । शिक्षकका मागका विषयमा छलफल गर्न सरकारी वार्ता टोली सहित मन्त्रीहरूको बैठक बसेको छ ।
विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा तीन दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन्। उनीहरू काठमाडौं आएर विरोध गरिरहेका छन्।













