नेम्वाङको अन्तिम संस्कार गर्ने दिन (बिहीबार) सार्वजनिक बिदा
कैलाली, २७ भदौं । सरकारले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्ने दिन (भदौ २८) गते सार्वजनिक बिदा दिने भएको छ।
नेम्वाङको अन्तिम संस्कार गर्ने दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
त्यसदिन सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको शर्माले जनाएका छन्।
इलामबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा एमाले उपाध्यक्ष नेम्वाङको भदौ २६ गते बिहान ह्रदयघातका कारण निधन भएको थियो। ७१ वर्षीय नेम्वाङको बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ।
नेम्वाङको पार्थिव शरीर बुधबार १ बजेसम्म च्यासलस्थित एमाले कार्यालयमा र त्यसपछि बालुवाटारस्थित निवास राखिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।













