थाकस कैलालीको अधिवेशन असोज ६ गते हुने
धनगढी, २६ भदौ । थारु कल्याणकारिणी सभा कैलालीको अधिवेशन असोज ६ गते हुने भएको छ । सोमबार बसेको बैठकले अधिवेशनको तयारीकोलागि निम्म निर्णय गरेको का.बा. सभापति माधव चौधरीले जानकारी दिए ।
उनका अनुसा अधिवेशन भव्यताके साथ सम्पन्न गर्नकोलागि आर्थिक, प्रचारप्रसार, मञ्च तथा खाना व्यवस्थापन, प्रतिवेदन, मास परिचालन तथा यातायात, अतिथि सत्कार लगायतको उपसमिति बनाई जिम्मेवारी बाँडफाँड गरिएको ।













